Logo

मुख्य समाचार

‘बालेनका गुरु’ नरसिंह व्यञ्जनकारले वडाध्यक्षमा पहिलोपटक चुनाव हारे !


GDP Nepal
   ५ जेष्ठ २०७९, बिहिबार


काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन्द्र शााह (बालेन)को चर्चा चुलिएका बेला उनका गुरु भने पराजीत भएका छन् । बालेनले गुरु मान्दै आएका ललितपुर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष नरसिंह व्यञ्जनकारले जीवनमै पहिलोपटक पराजय बेहोर्नुपरेको छ ।

महानगरको १० नं. वडा अर्थात कुपन्डोल क्षेत्रमा व्यञ्जनकरलाई उनकै भतिजा रविन मान व्यञ्जनकारले पराजीत गरे । विजयी ४४ वर्षीय रविनले ८२५ मत ल्याउँदा ८१ वर्षीय नरसिंहले भने ५४३ मतमा सीमित भए ।

विगत ४८ वर्षदेखि हरेक निर्वाचनमा निर्वाचित हुँदै आएका नरसिंह व्यञ्जनकार पहिलोपटक पराजीत भएका हुन् । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था र गणतन्त्र स्थापनापछिको पहिलो स्थानीय निर्वाचन गरी उनी हालसम्म १० पटक निर्वाचित भएका थिए भने ११ औं पटकमा पराजीत भएका हुन् ।

रविन र नरसिंह नाताले काकाभतिज भए पनि उनीहरुबीचको पारिवारिक सम्बन्ध भने राम्रो छैन । रविन अष्ट्रेलिया पढेर नेपाल फर्केका हुन् । यसअघि पनि नरसिंहसँग उनकै अर्का भतिजाले प्रतिस्पर्धा गरेका थिए । नरसिंहका छोरा भने बालेन शाहको टिममा छन् ।

बालेनले निर्वाचनअघि नरसिंहको आशीर्वाद लिँदै गरेको तस्बिर फेसबुकमा राख्दै लेखेका थिए, उहाँ मेरो अभिभावक हो, गुरु हो । मैले मेयर बन्ने तयारी गरेको पहिलो दिनदेखि नै उहाँबाट ज्ञान, हौसला र माया पाइरहेको छु ।

बालेनको फेसबुक पोष्टः
गुरु ब्रह्मा गुरु विष्णु
गुरु देवो महेश्वरः
गुरु साक्षात परब्रह्म
तस्मै श्री गुरुवे नमः
गुरुरेव परंब्रम्हा तस्मै श्री गुरवे नमः।।
उहाँ मेरो अभिभावक हो, गुरु हो । मैले मेयर बन्ने तयारी गरेको पहिलो दिनदेखि नै उहाँबाट ज्ञान, हौसला र माया पाइरहेको छु ।
जत्रा सुकै संगठन वा समूहहरु भए पनि नागरिकले चाह्यो भने एक मानिसले पनि स्थानीय तहमा धेरै सेवा दिन सक्छ र धेरै कुराहरु गर्न सक्छ भन्ने उहाँले सँधै अब्बल उदाहरण दिइरहनु भयो । उहाँको ५ दशक लामो वडाध्यक्षको कार्यकालले बताउँछ, आमनागरिकको शक्ति र, कुनै पनि जनप्रतिनिधीले गर्नु पर्ने कामको तरिका र फेहरिस्त ।
यी सबै अनुभवका पोकाहरु उहाँले मलाई आफ्नै सन्तान सोचेर मेरो अगाडि खोल्नु भएको छ । उहाँले हरेक समय मलाई पथप्रदर्शन गर्नु भएको छ । सिकाउनु भएको छ कि नागरिक भन्दा बलियो कोही छैन, नागरिकले गर्न नसक्ने केहि छैन र जनप्रतिनिधीले जिम्मेवार हुनु पर्ने आफ्नो नागरिकबाहेक अन्त कँहि पनि हुनु हुन्न ।
म कामना गर्छु कि अभिभावक र गुरुका रुपमा उहाँबाट सँधै मेरा कामहरुप्रति सहयोग र दिशानिर्देश पाइरहुँ ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह