Logo

अर्थनीति

चुनावपछि एक सातामै दोस्रोपटक भारी मूल्यवृद्धि, पेट्रोल १८०, ग्यास १८ सय रुपैयाँ


GDP Nepal
   ८ जेष्ठ २०७९, आइतबार


काठमाडौं। स्थानीय निर्वाचन सम्पन्न भएको एक सातामै सरकारले दोस्रोपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निर्वाचनको परिणाम आइनसक्दै भारी मूल्यवृद्धि गर्दा पेट्रोल, डिजेल र खाना पकाउने ग्याससमेतमा भारी मूल्यवृद्धि भएको छ ।

नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेल लिटरमै १० रुपैयाँ बढाएको छ। यो मूल्यवृद्धि पछि अब पेट्रोल लिटरको १८० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय ६३ रुपैयाँ पुगेको छ।

निगमले एलपी ग्यासको मूल्य एक सिलिण्डरमै दुई सय २५ रुपैयाँ बढाएको छ। अब उपभोक्ताले ग्यास सिलिण्डरको १८ सय रुपैयाँ तिर्नुपर्नेछ।

यो मूल्यवृद्धि पछि पनि निगमको नोक्सानी १५ दिनमा ३ अर्ब ३५ करोड रुपैयाँ रहेको दाबी छ।

सरकारले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्ने नीति अनुसार यो मूल्यवृद्धि गरेको हो। स्रोतका अनुसार केही दिनभित्रै सबै पेट्रोलियम पदार्थको परल मूल्य तोकिनेछ। यो आधारमा ग्यासको मूल्य २६ सय ७९ रुपैयाँ पुग्नेछ।

प्रकाशित : ८ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह