Logo

मुख्य समाचार

नेपालीलाई विदेशमा लगानी खुला गर्ने पक्षमा गभर्नर


GDP Nepal
   ९ जेष्ठ २०७९, सोमबार


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेपालीलाई विदेशमा लगानी खुला गर्ने पक्षमा उभिएका छन् । नेपालीले विदेशमा लगानी गर्न पाउँदैनन् भन्ने विषय लाजमर्दो रहेको उनको भनाइ छ ।

सोमबार राजधानीमा निजी क्षेत्रको एक संस्थाले गरेको कार्यक्रममा गभर्नर अधिकारीले प्रत्यक्ष विदेशी लगानी (एफडीआई)का सम्बन्धमा सहज नीतिगत व्यवस्था भएपनि नेपालीले विदेशमा लगानी गर्ने सम्बन्धमा अझै कानुन नबन्दा विश्वसामु लाजमर्दो भएको धारणा राखे ।

‘नेपालको कानुनले नेपालीलाई विदेशमा लगानी बञ्चित गरेको छ भनेर विश्वसामु भन्न लाज लाग्ने अवस्था आइसकेको छ,’ उनले भने, ‘अब जतिसक्यो चाँडो यसलाई खुला गर्नुपर्छ ।’

गभर्नर अधिकारीले के कस्ता क्षेत्रमा नेपालीले विदेशमा लगानी गर्न पाउने भन्ने विषयमा अध्ययन अनुसन्धान गर्न सकिने उल्लेख गर्दै अझै पनि नेपालीलाई विदेशमा लगानी पूर्ण रुपले रोक्का गर्नु राम्रो नभएको बताए ।

वैदेशिक लगानीबाट निजी क्षेत्रलाई त्रसित नहुन उनले आग्रह गरेका थिए । सुशासन सहितको विदेशी लगानी मात्र राष्ट्रको हितमा हुने भएकाले सबै खालका विदेशी लगानीलाई स्वागत गर्न नसकिने उनले बताए ।

‘खराब खालको पैसाले समाज बिगार्न सक्छ । त्यस्ता लगानी मात्र राष्ट्र बैंकले रोकेको छ,’ उनले भने, ‘नराम्रो खालको पैसाले अल्पकालमा केही विदेशी मुद्रा थपिएको देखिएपनि दीर्घकालमा राम्रो गर्दैन ।’ यसकारण विदेशी लगानी सम्बन्धमा राज्यको नीति स्पष्ट बनाउनुपर्ने उनले बताए ।

प्रकाशित : ९ जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह