Logo

बैंक / बिमा /शेयर

रिभर फल्सको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा


GDP नेपाल
   ९ जेष्ठ २०७९, सोमबार


रिभर फल्स पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कमलादी स्थित प्रभु क्यापिटको कार्यालय आइपीओ बाँडफाँड सम्पन्न भएको हो ।

गोलाप्रथाबाट गरिएको बाँडफाँडमा २ लाख ५३ हजार ८ सय ९० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । आईपीओमा कुल १८ लाख ५९ हजार २ सय ४२ जनाले २ करोड १३ लाख ९४ हजार ६ सय ३० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार ८१९ जनाकोे आवेदन भने रद्द भएको थियो ।

कम्पनीले सर्वसाधारणका लागि वैशाख २८ देखि जेठ ४ गतेसम्म कुल २५ लाख ३८ हजार ९०० कित्ता सेयर जारी गरेको थियो । जसमा ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणका लागि खुला गरेको थियो ।

आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको (https://iporesult.cdsc.com.np/) , एनआईबिएल एस क्यापिटल लिमिटेडको वेभसाइट (https://www.niblcapital.com/), राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको वेभसाइट  (https://www.rulbsl.com/) र मेरो सेयरमार्फत हेर्न सकिन्छ ।

प्रकाशित : ९ जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह