Logo

अर्थनीति

‘प्रधानमन्त्री नेपाली उत्पादन उपभोग अभिवृद्धि कार्यक्रम’ घोषणा


GDP Nepal
   १० जेष्ठ २०७९, मंगलबार


काठमाडौं । सरकारले प्रधानमन्त्री नेपाली उत्पादन उपभोग अभिवृद्धि कार्यक्रम घोषणा गरेको छ ।

आउँदो दशकलाई ‘स्वदेशी वस्तु उत्पादन र खपत दशक’ घोषणा गर्दै यस्तो कार्यक्रम अघि सारेको हो ।

“नेपाली उद्योग, नेपालमै रोजगार: आफ्नो उत्पादन, आफ्नै व्यापार भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गरिनेछ,” राष्ट्रपति भण्डारीले भनिन्, “यो अभियानलाई सफलतापूर्वक सञ्चालन गर्न ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ सञ्चालन गरिनेछ ।”

उनका अनुसार यस कार्यक्रमका लागि कर तथा भन्सार महसुलमा छुट दिइनेछ । यस्तै, निर्यात अनुदानमार्फत समयबद्ध रणनीतिक प्रवद्र्धन गर्नुका साथै प्रतिस्पर्धी सिप विकास, व्यावसायिक सहजीकरण, साझा भौतिक पूर्वाधार निर्माण र प्रयोगमा जोड दिइनेछ । नवीन प्रविधिमा पहुँच र आन्तरिकीकरण तथा प्रक्रियागत सरलीकरणलाई अविच्छिन्न रूपमा निरन्तरता दिइने कार्यक्रममा उल्लेख छ ।

यसका लागि कर तथा भन्सार छुटको व्यवस्था गरिने उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह