काठमाडौं । काठमाडौं महानगरपालिकामा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइनसके पनि मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन् ।
महानगरपालिकाको कार्यपालिकामा भने नेपाली कांग्रेस बहुमतमा देखिएको छ । महानगरका कूल ३२ वडामध्ये एक वडाको नतिजा प्राप्त नहुँदै कांग्रेसले १८ वडाध्यक्ष जितेको छ भने सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले एउटा वडा (वडा नं. १५) मा जीत हासिल भएको छ ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने १२ वडाध्यक्ष जितेको छ । अघिल्लो निर्वाचनमा मेयरसहित एमाले बहुमतमा थियो ।
वडा नं. १४ को अन्तिम परिणाम भने प्राप्त हुन सकेको छैन ।
निर्वाचन आयोगका अनुसार वडा नं. १, २, ३, ४, ५ मा एमालेले जीत हासिल गरेको छ । यस्तै, वडा नं. १३, १८, २१, २२, २३, ३१ र ३२ वडामा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसले वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३० मा कांग्रेसले जितेको छ ।
प्रतिक्रिया