Logo

मुख्य समाचार

तारा एयरको जहाज सम्पर्कविहीनः मुस्ताङको लेतेनजिक दुर्घटनाको आशंका, १९ यात्रु सवार


GDP Nepal
   १५ जेष्ठ २०७९, आइतबार


काठमाडौं । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ।

पोखरा विमानस्थलबाट बिहान ९ः५५ बजे १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर जहाज सम्पर्कविहीन भएको हो।

जहाजमा १३ नेपाली, ४ भारतीय तथा दुई जर्मन नागरिक थिए भने चालकदलका ३ सदस्यहित कूल २२ यात्रु सवार थिए ।

नाइन एन एईटी कलसाइनको उक्त जहाज मुस्ताङको लेतेनजिक दुर्घटनामा परेको आशंका गरिएको छ ।

जहाज उडेको १५ मिनेट पछि नै सम्पर्कविहीन भएको थियो ।

सूचना लगत्तै नागरिक उड्डयन प्राधिकरण र कम्पनीका प्राविधिक टोली जहाजको अवस्था खोजी गरिरहेको छ।

जहाजमा नेपालीसहित केही भारतीय यात्रु रहेको जनाइएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह