Logo

अर्थनीति

सार्वजनिक संस्थानबाट सरकारलाई लगानीको अनुपातमा १.१८ प्रतिशत मात्र लाभांश


GDP Nepal
   १५ जेष्ठ २०७९, आइतबार


काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरुमा गरेको लगानीको अनुपातमा लाभांश भने नगण्य प्राप्त गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षसम्ममा सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी अघिल्लो आर्थिक वर्षको तुलनामा ९.१८ प्रतिशतले वृद्धि भई ५ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ ।

सरकारे गत आवमा यी संस्थानहरुबाट जम्मा ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ मात्र लाभांश पाएको छ । सरकारको लगानीको तुलनामा यो लाभांश १.१८ प्रतिशत मात्र हो ।

सरकारले पाएको लाभांश अघिल्लो आवको तुलनामा ५२.३३ प्रतिशतले कम रहेको छ ।

सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समिक्षा २०७९ अनुसार सञ्चालनमा रहेका कूल ४१ सार्वजनिक संस्थानमध्ये २२ संस्थान नाफामा छन् भने १९ संस्थान नोक्सानीमा सञ्चालन भएका छन् ।

नाफामा सञ्चालित २२ संस्थानको खुद नाफा ४०.३० प्रतिशतले घटेको छ भने नोक्सानीमा सञ्चालित १९ संस्थानको खुद नोक्सानी ३.६१ प्रतिशतले बढेको छ ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह