Logo

अर्थनीति

विदेशी लगानीको सीमा घट्यो, उद्योगलाई जग्गाको हदबन्दी हटाइने


GDP Nepal
   १५ जेष्ठ २०७९, आइतबार


काठमाडौं । उद्योग स्थापनाका लागि जग्गाको हदबन्दी परिवर्तन हुने भएको छ । यस्तै उद्योगलाई सरकारी जग्गाको लिज अवधि ५० वर्ष बनाइने भएको छ ।

बजेटमा गरिएको व्यवस्था अनुसार विदेशी लगानीको सीमा घटाइ २ करोड कायम गरिएको छ । यसअघि यो सीमा ५ करोड रुपैयाँ थियो ।

यस्तै, १० करोड रुपैयाँसम्मको वैदेशिक लगानी स्वचालित प्रणालीबाटै स्वीकृत गर्ने व्यवस्था मिलाइएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९–८९ को आयव्यय विवरण (बजेट)मा यो कुरा उल्लेख गरिएको छ ।

अर्थमन्त्री शर्माले संसदको दुवै सदनमा यतिबेला बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह