काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।
बजेटमा साधारणतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड र पुँँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।
यस्तै, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड विनियोजन भएको छ भने प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणतर्फ प्रदेश र स्थानीय तहलाई ४ खर्ब २९ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।
बजेटको स्रोत व्यवस्थापनतर्फ राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड संकलनको लक्ष्य राखिएको छ ।
प्रतिक्रिया