प्राइमलाइफ इन्स्योरेन्स कम्पनी जेठ २२ गतेदेखि १५औं वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहाको सखुवा नन्करकट्टी गाउँपालिका वडा नं १ (मैवाही) क्षेत्रका मुसहर परिवारलाई भाडाकुडा हस्तान्तरण गरेको छ ।
कम्पनीले हाल सम्म आर्जन गरेको कूल बीमाशुल्क २६०४ करोड छ भने कूल बीमालेख संख्या १,७५९,३४४ र लगानी १८.३४ करोड रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तीमा कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएकोमा ग्राहकहरुले आवश्यकताका आधारमा जुनसुकै बीमा योजना अन्तर्गत बीमा गर्न सकिने उल्लेख गरिएको छ।
प्रतिक्रिया