Logo

बैंक / बिमा /शेयर

मेटलाइफ नेपालद्वारा उत्कृष्ट प्रतिनिधिहरु सम्मानित


GDP नेपाल
   २५ जेष्ठ २०७९, बुधबार


मेटलाइफ नेपालले यस हप्ता आफ्नो शीर्ष एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गर्दै काठमाडौंमा वार्षिक अवार्ड नाइटको आयोजना गरेको छ ।

मेटलाइफ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलिना बुटारोवा लगायत मेटलाईफ एशिया वितरणका एजेन्सी उपाध्यक्ष मारवन मटारको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका उच्च अधिकारीहरुका साथै देश भरका योग्य एजेन्सी प्रबन्धकहरु, युनिट प्रबन्धकहरु र फिलड प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा गत वर्षका ३०० भन्दा बढी उत्कृष्ट प्रतिनिधिहरुको सहभागिता रहेको थियो र ९ विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो ।

सन २००३ देखि मेटलाइफले आफ्ना शीर्ष प्रतिनिधिहरुलाई सम्मानित गर्नुका साथसाथै अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण तथा तालिम प्रदान गर्दै आइरहेको छ ।

प्राविधिक विकास र डिजिटलाइजेशन प्रक्रियाहरूमा अनुकूलन गर्दै, मेटलाइफ नेपालले भर्खरैमात्र नेपालमा पहिलो पटक डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नको लागि मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन (MARS) प्लेटफर्म समेत सुरु गरेको छ।् डिजिटल सेल्स सोलुसन, ग्राहक सेवा एप र अनलाइन प्रिमियम भुक्तानी सेवाहरू पहिले नै सञ्चालन हुदै आएको छ र मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन (MARS) मार्फत एजेन्सी नेटवर्क बढाउने योजना रहेको छ ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह