Logo

बैंक / बिमा /शेयर

१९ बुँदे माग तत्काल सम्बोधन गर्न सेयर लगानीकर्ताको आग्रह


GDP नेपाल
   २७ जेष्ठ २०७९, शुक्रबार


शुक्रबार सेयर लगानीकर्ताको विभिन्न संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै पूँजी बजार सुधार संघर्ष समिति मार्फत उठाएका १९ बुँदे मागको तत्काल सम्बोधन गर्न माग गरेका छन् ।

सरकारले समयमै आफ्ना मागहरु सम्बोधन नगर्दा पूँजी बजारमा गम्भीर समस्या उत्पन्न भएको संगठनले बताएका छन् । त्यस्तै, सरकारबाट आन्दोलनमा उत्रिएका लगानीकर्तालाई उत्तेजित र आक्रोशित पार्ने कार्य भएको संगठनको आरोप रहेको छ ।

‘सरकारले गर्छ भनेका कामहरु तोकिएको समयमा नगर्दा पूँजी बजारमा गम्भीर समस्या उत्पन्न भएकाले त्यसको समाधानका लागि आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुलाई उल्टै उत्तेजित र आक्रोशित पार्ने कार्य भएमा त्यसले देशको अर्थतन्त्रमै गंभीर क्षति पुर्याउने तर्फ पनि सरकारको ध्यानाकर्षण गराउँछौ ‘, विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २७ जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह