Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार, तीन अर्बको कारोबार


GDP नेपाल
   ११ श्रावण २०७९, बुधबार


बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज २३.८३ अंकले बढेर २ हजार १११.९९ विन्दुमा पुगेको छ ।

बैंकिङ ०.९, विकास बैंक ५६, फाइनान्स ७५, होटल तथा पर्यटन २३, जलविद्युत् ७२, जीवन बीमा ३४, उत्पादन १९, माइक्रोफाइनान्स १०७, निर्जीवन बीमा ४३ र अन्य उपसमूह ३८ अंक बढेको छ । त्यस्तै, व्यापार उपसमूह भने १२ अंकल घटेको छ ।

आज जानकी फाइनान्स, यनाइटेड मर्दि हाइड्रो, राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन २२७ कम्पनीका ७५ लाख कित्ता सेयर ३ अर्ब १६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको झण्डै १८ करोड रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : ११ श्रावण २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह