Logo

अर्थनीति

सरकारद्वारा राम्रो कामको थालनीः उदयपुर र हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा स्थानीय


GDP Nepal
   १७ श्रावण २०७९, मंगलबार


काठमाडौं । सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योगहरु उदयपुर सिमेन्ट र हेटौंडा सिमेन्ट सञ्चालक समिति अध्यक्षमा स्थानीयलाई प्राथमिकता दिइएको छ ।

उदयपुर सिमेन्ट उद्योग सञ्चालक समितिमा भुमरसुवा ४ उदयपुरका केशवकुमार बस्नेतलाई नियुक्त गर्ने तयारी गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बस्नेतलाई नियुक्तिका निमित्त सिफारिस समितिले मन्त्रालयसमक्ष नाम पेश गरेको छ । खुला प्रतिस्पर्धाबाट भएको नियुक्तिका लागि बस्नेतसहित ९ जनाले अन्तर्वाताका निमित्त छनोट भएका थिए ।

यता, हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समिति अध्यक्षमा यसअघि बसामाडी २ मकवानपुरका गणेशप्रसाद भेटुवाललाई नियुक्ति दिइएको छ । भेटुवालसहित ८ जजना अन्तर्वार्ताका लागि छनोट भए पनि स्थानीयलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ ।

सरकारी उद्योग सञ्चालनका लागि स्थानीय व्यक्तिलाई प्राथमिकता दिइँदा उद्योग सञ्चालनमा सकारात्मक प्रभाव पर्ने र स्थानीय स्तरमा कुनै समस्या आए तत्काल समाधान गर्न सहज हुने अपेक्षामा स्थानीयलाई छनोट गरिएको जनाइएको छ ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह