Logo

बैंक / बिमा /शेयर

डलरको भाउ हालसम्मकै उच्च


GDP नेपाल
   ९ आश्विन २०७९, आइतबार


आइतबार अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । यस्तै, खरिददर १२९ रुपैयाँ २९ पैसा कायम भएको छ ।

यसअघि शुक्रबार १ डलरको बिक्रीदर १२९ रुपैयाँ ६८ पैसा पुगेको थियो । डलरको मूल्यबृद्धिसँगै भारतीय रुपैयाँ (भारु) पनि कमजोर बन्दै गएको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहेकाले यसले नेपाली रुपैयाँ पनि कमजोर बनेको छ ।

यस्तै, आज युरोपियन युरोको खरिदमा १२६ रुपैयाँ २० पैसा र बिक्रीमा १२६ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टेर्लिङ एकको खरिदमा १४३ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३१ पैसा, स्वीस फ्र्याङ्क खरिदमा १३१ रुपैयाँ ८७ पैसा र बिक्रीमा १३२ रुपैयाँ ४९ पैसा रहेको छ । त्यस्तै, कुवेती दिनार एकको खरिदमूल्य ४१७ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ४१९ रुपैयाँ १२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिदमा ३४२ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४४ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह