Logo

मुख्य समाचार

दोहोरो अंकले घटेको सेयर बजारमा ६४ करोडकाे कारोबार


GDP नेपाल
   २ कार्तिक २०७९, बुधबार


बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १२.८१ अंकले घटेर एक हजार ८५५.१६ विन्दुमा पुगेको छ ।

बैंकिङ २, विकास बैंक ४५, फाइनान्स ३९, जलविद्युत् ३५, जीवन बीमा १८, उत्पादन ४२, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ५५, अन्य १४ र ब्यापार उपसमूह १६ अंकले घटको छ । त्यस्तै, होटल तथा पर्यटन उपसमूह भने ३९ अंकले बढेको छ ।

आज पिपुल्स पावर लिमिटेडको सेयर सबैभन्दा धेरै ७.४७ अंकले घटेको छ । समग्रमा बजार घटेपनि आज अभियान लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशत र सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर ९.९९ प्रतिशतले बढेको छ ।

यस दिन २१६ कम्पनीको २१ लाख कित्ता सेयर ६४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह