Logo

Sub-banner

सुदूरका तीन जिल्लामा खाद्यान्न सञ्चित


GDP नेपाल
   ६ कार्तिक २०७९, आइतबार


आर्थिक वर्ष २०७८/७९ मा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डोटी जिल्लामा मात्रै खाद्यान्न सञ्चित ९बचत० रहेको देखिन्छ ।

सुदूरपश्चिम प्रदेशका दुई तराईका जिल्ला र सात पहाडी जिल्लामध्ये पहाडमा डोटी मात्र खाद्य सञ्चित गर्ने जिल्लाका रूपमा रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, “धान, मकै, गहुँ, जौँ, कोदो र फापरको उत्पादनका आधारमा खाद्यान्न वासलात निकाल्दा सुदूरका तीन जिल्ला मात्र खाद्य सञ्चित जिल्लाको रुपमा रहेको बताउनुभएको हो । कृषि ज्ञान केन्द्र डोटीले दिएको जानकारीअनुसार प्रतिवर्ष प्रतिव्यक्ति आवश्यक खाद्यान्न तराईमा एक सय ८१ केजी, मध्य पहाडमा एक सय ९१ केजी र उच्च पहाडमा दुई सय एक केजी रहेको छ । सोहीअनुरुप जनसङ्ख्यालाई आधार मानी जिल्लाको उत्पादित खाद्यान्नलाई तुलना गरिएको थियो ।

जिल्लाको खाद्य उत्पादित तथा सञ्चितको अवस्थाअनुसार कञ्चनपुर जिल्लामा एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ९३ हजार छ सय ९३ मेट्रिक टन थियो जिल्लामा एक लाख ४५ हजार नौ सय ८१ मेट्रिक टन उत्पादित हुँदा ५२ हजार दुई सय ८८ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको देखिन्छ । कैलाली जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न एक लाख ६० हजार पाँच सय ५२ मेट्रिक टन थियो । जिल्लामा एक लाख ७६ हजार तीन सय ४९ मेट्रिक टन उत्पादित हुँदा १७ हजार सात सय ९७ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको देखिन्छ ।

डोटी जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ३९ हजार दुई सय ८५ मेट्रिक टन थियो जिल्लामा ४३ हजार आठ सय ३२ मेट्रिक टन उत्पादित हुँदा चार हजार पाँच सय ४७ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको देखिन्छ । अन्य पहाडी जिल्लामा भने आवश्यकताभन्दा कम उत्पादन भएको पाइन्छ । तथ्याङ्कानुसार बैतडी जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ४६ हजार छ सय ८० मेट्रिक टन थियो । जिल्लामा ३५ हजार आठ सय ५१ मेट्रिक टन उत्पादित हुँदा १० हजार तीन सय ७२ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको जनाइएको छ ।

अछाम जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ५५ हजार आठ सय ३८ मेट्रिक टन थियो जिल्लामा ५० हजार दुई सय १३ मेट्रिक टन उत्पादित हुँदा पाँच हजार छ सय २५ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको देखिन्छ । डडेलधुरा जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न २६ हजार छ सय २९ मेट्रिक टन थियो । जिल्लामा २६ हजार तीन सय ४८ मेट्रिक टन उत्पादित हुँदा दुई सय ८१ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको बताइएको छ ।

बाजुरा जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न २७ हजार नौ सय ३९ मेट्रिक टन थियो । जिल्लामा २४ हजार तीन सय चार मेट्रिक टन उत्पादित हुँदा तीन हजार छ सय ३५ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको देखिन्छ ।

बझाङ जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ३८ हजार आठ मेट्रिक टन थियो जिल्लामा ३६ हजार सात सय आठ मेट्रिक टन उत्पादित हुदाँ एक हजार तीन सय एक मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको देखिन्छ । दार्चुला जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ३७ हजार एक सय ४६ मेट्रिक टन थियो जिल्लामा २२ हजार एक सय ७० मेट्रिक टन उत्पादित हुँदा चार हजार नौ सय ७६ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको सम्बन्धित कार्यालयको भनाइ छ ।

समग्रमा सुदूरपश्चिम प्रदेशको खाद्यान्न र आपूर्तिको अवस्था हेर्दा ४८ हजार चार सय ४१ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको छ । पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण गरिएको लकडाउन र नाकाबन्दीका समयमा अधिकांश नेपालीले कृषिको महत्व थाहा पाउनुका साथै कृषि पेशामा व्यावसायिक रुपमा युवाहरुको आकर्षण बढ्नुका साथै अधिकांश युवाले खाद्यान्नलगायत अन्य नगदेबाली, तरकारी खेती, फलफूल खेती तिर पनि व्यवसाय गर्दै आइरहेको ज्ञान केन्द्र प्रमुख पनेरुले बताउनुभयो ।

पछिल्लो समयमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले कृषिमा लगानी गर्नुका साथै अनुदानका कार्यक्रमलाई पनि प्राथमिकता दिएको पाइन्छ ।

प्रकाशित : ६ कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह