Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार, ५१ करोडको कारोबार


GDP नेपाल
   ६ कार्तिक २०७९, आइतबार


आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १४.३५ अंकले बढेर एक हजार ८५८.४९ विन्दुमा पुगेको छ ।

बैंकिङ ११, विकास बैंक ३३, फाइनान्स ४, जलविद्युत् १८, जीवन बीमा ३९, उत्पादन १०, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा ९०, अन्य ११, ब्यापार उपसमूह ४ र लगानी ०.४२ अंकले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन १९ र म्यूचूअल फन्ड ०.०४ अंकले घटेको छ ।

आज रुरु जलविद्युत र सयपत्रि हाइड्रोको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सिटिजन म्यूचुल फन्ड २ को सेयर सबैभन्दा धेरै ९.५५ प्रतिशतले घटेको छ ।

यस दिन २२१ कम्पनीको १५ लाख कित्ता सेयर ५१ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ६ कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह