Logo

बैंक / बिमा /शेयर

बाराही हाइड्रोपावरको आइपीओ बिक्री खुला


GDP नेपाल
   ११ कार्तिक २०७९, शुक्रबार


बाराही हाइड्रोपावरको आइपीओ बिक्री खुला भएको छ ।

कम्पनीले कात्तिक ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि १ सय अंकित मूल्यमा २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ अर्थात् साविकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालिकाका स्थानिय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा कात्तिक १८ गतेसम्म र ढीलोमा मंसिर ४ गतेसम्म आइपीओ खुला रहनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले बाराहीको आइपीओलाई ‘इक्रा एनपी आईआर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

यो आइपीओमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित : ११ कार्तिक २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह