Logo

बैंक / बिमा /शेयर

गोर्खाज फाइनान्सको वित्तिय विवरण सार्वजनिक, ३ करोड खुद नाफा


GDP नेपाल
   १३ कार्तिक २०७९, आइतबार


गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ३३ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा १०१.०५ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष यसै अवधिमा कम्पनीले १ करोड ६५ लाख ७० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, खुद व्याज आम्दानी ३१७४.४९ प्रतिशतले बढेर ८ करोड ११ लाख ९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले २४ लाख ७७ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको थियो । समिक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ७६. १९ प्रतिशतले बढेर ४ करोड ८५ लाख ९४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड ७५ लाख ८० हजार रूपैयाँ सञ्चालन मुनाफा कमाएको थियो ।

कम्पनीको वितरणयोग्य मुनाफा भने ३२ लाख ९८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १ करोड ८७ लाख ६० हजार रूपैयाँ रहेको थियो । पहिलो त्रैमासमा कम्पनीको इम्पेरिमेन्ट चार्ज घटेर २ करोड ३ लाख ४३ हजार रूपैयाँमा झरेको छ । बैंकको इम्पेरिमेन्ट चार्ज घटेका कारण नाफामा उल्लेख्य सुधार हुन मद्दत पुगेको हो ।

कम्पनीको खराब कर्जा १.९५ प्रतिशतले घटेर ७.४२ प्रतिशत कायम भएको छ । आर्थिक वर्षको यसै अवधिमा फाइनान्सको खराब कर्जा एनपीएल० ९.३७ प्रतिशत रहेको थियो । यस्तै, कम्पनीको चुक्ता पूँजी भने स्थिर रहेको देखिन्छ । गत वर्षझैँ यस वर्ष पनि फाइनान्सको चुक्ता पूँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ छ ।

कम्पनीको जगेडा कोषमा ७२ करोड ७३ लाख ८१ हजार रूपैयाँ सञ्चित रहेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा ८.१५ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा फाइनान्सको जगेडा कोषमा ६७ करोड २५ लाख ९३ हजार रूपैयाँ सञ्चित रहेको थियो । समिक्षा अवधिसम्म फाइनान्सको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ७ रूपैयाँ ६४ पैसाबाट बढेर १५ रूपैयाँ ३५ पैसा पुगेको छ । फाइनान्सको ईपीएस ७ रूपैयाँ ७१ पैसाले बढेको हो । प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ६७ पैसा रहेको छ ।

 

प्रकाशित : १३ कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह