Logo

मुख्य समाचार

७ अंकले बढ्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   १६ कार्तिक २०७९, बुधबार


बुधबार सेयर बजार ७.३२ अंकले बढेर एक हजार ९३८.३० विन्दुमा पुगेको छ ।

विकास बैंक ३३, फाइनान्स ८, होटल तथा पर्यटन १६, जलविद्युत् १६, लगानी ०.२८, जीवन बीमा ५५, उत्पादन १३, माइक्रोफाइनान्स ३६ र अन्य २० अंकले बढेको छ । त्यस्तै, बैंकिङ २, ब्यापार उपसमूह २२ र निर्जीवन बीमा १ अंकले घटेको छ ।

आज कर्पोरेट विकास बैंक र कर्णाली विकास बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि सबैको लघुवित्तको सेयर भने झन्डै चार प्रतिशतले घटेको छ ।

यस दिन २२७ कम्पनीको ४३ लाख ४६ हजार कित्ता सेयर एक अर्ब ४६ करोड ७९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह