Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ४३ अंकले बढ्यो नेप्से


GDP नेपाल
   २० कार्तिक २०७९, आइतबार


आइतबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ४३.२ अंकले बढेर एक हजार ९६५.३६ विन्दुमा पुगेको छ ।

बैंकिङ ११, विकास बैंक ९१, फाइनान्स ६४, होटल तथा पर्यटन ६१, जलविद्युत् ६६, लगानी १, जीवन बीमा ९५, उत्पादन १९१, माइक्रोफाइनान्स १९६, निर्जीवन बीमा १३३, अन्य ५६ र ब्यापार उपसमूह ५२ अंकले बढेको छ ।

आज मानुषी लघुवित्त, जाल्पा लघुवित्त, नेस्डो लघुवित्त र उपकार लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज नबिल इक्युटी फन्ड र आरबीबी म्युचल फन्डको सेयर झण्डै साढे २ प्रतिशतले घटेको छ ।

यस दिन २२८ कम्पनीको ३९ लाख १३ हजार कित्ता सेयर एक अर्ब ५४ करोड ८० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेस्डो लघुवित्त कम्पनीको १० करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २० कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह