Logo

मुख्य समाचार

सेयर बजारमा ३९ अंकको पहिरो, एक अर्बको कारोबार


GDP नेपाल
   २३ कार्तिक २०७९, बुधबार


बुधबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ३९.१५ अंकले घटेर एक हजार ९१७.२२ विन्दुमा पुगेको छ ।

आज बैंकिङ १४, विकास बैंक ११०, फाइनान्स ७७, होटल तथा पर्यटन ५६, जलविद्युत् ५३, उत्पादन १३६, माइक्रोफाइनान्स ११९, अन्य ३४, व्यापार १७, जीवन बीमा १९९ र निर्जीवन बीमा १४४ अंकले घटेको छ ।

आज एक्सेल डेभलप्मेन्ट बैंकको सेयर झण्डै आड प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज अपर हेवाखोला जलविद्युत कम्पनीको सेयर भने सात प्रतिशतले बढेको छ ।

यस दिन २२३ कम्पनीको ३६ लाख ९७ हजार कित्ता सेयर एक अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह