Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, ७७ करोडमा खुम्चियो कारोबार


GDP नेपाल
   २७ कार्तिक २०७९, आइतबार


आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १०.५४ अंकले घटेर एक हजार ८८३.१६ विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटन बाहेक अन्य उपसमूह राताम्मे भएका छन् । आज नबिल ब्यालेन्स फन्ड २ र निर्धन उत्थान लघुवित्तको सेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज लक्ष्मी इक्विटी फन्डको सेयर झण्डै सात प्रतिशतले बढेको छ ।

यस दिन २२५ कम्पनीको २० लाख कित्ता सेयर ७७ करोड ४९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २७ कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह