सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से २१.२९ अंकले बढेर एक हजार ९०४.४५ विन्दुमा पुगेको छ ।
आज तारागाउँ रिजेन्सीको सेयर झन्डै १० प्रतिशतले बढेको छ । यस्तै, सप्तकोसी विकास बैंकको साढे आठ तथा बुद्धभूमि नेपाल हाइड्रो र रिभर फल्स कम्पनीको सेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि लक्ष्मी इक्विटी फन्डको सेयर भने साढे ६ प्रतिशतले घटेको छ ।
यस दिन २२६ कम्पनीको २४ लाख ५२ हजार कित्ता सेयर ९४ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया