Logo

बैंक / बिमा /शेयर

नेपाल लाइफ इन्स्योरेन्सको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक, १७ करोड नाफा


GDP नेपाल
   २९ कार्तिक २०७९, मंगलबार


नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा १७ करोड ५७ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २३९८.२२ प्रतिशले वृद्धि भएको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७० लाख ३३ हजार मुनाफा कमाएको थियो ।

कम्पनीले पहिलो त्रैमासमा १० अर्ब ५ करोड ३ लाख बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १।४३ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको सोही अवधिमा कम्पनीको बीमा शुल्क ९ अर्ब ९० करोड ९० लाख थियो ।

पहिलो तीन महिनामा कम्पनीको चुक्ता पूँजी १४ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा कम्पनीको चुक्तापुँजी ८ अर्ब ३० करोड ७९ लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको चुक्तापुँजी ७ अर्ब १९ करोड ९९ लाख थियो ।

कम्पनीको जगेडा कोषमा १ अर्ब ९९ करोड १८ लाख पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलानमा १२९।४ प्रतिशतले वृद्दि हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ८६ करोड ९६ लाख थियो ।

कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ४२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १ खर्ब १८ अर्ब ७५ करोड ९४ लाख थियो ।

कम्पनीको प्रति शेयर आम्दानी ८ दशमलव ५६ रुपैयाँ रहको छ । त्यस्तै प्रति शेयर नेट्वर्थ १३४ रुपैयाँ ३९ पैसा छ ।

पहिलो त्रैमासमा कम्पनीले ३ अर्ब ९६ करोड कुल दावी भुक्तानी गरेको छ । कम्पनीले १ अर्ब ३२ करोड दावी भुक्तानी गर्न बाँकी छ ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह