Logo

बैंक / बिमा /शेयर

५ वटा हाइड्रोपावर कम्पनीलाई आइपीओ बिक्री गर्ने अनुमति


GDP नेपाल
   ९ मंसिर २०७९, शुक्रबार


नेपाल धितोपत्र बोर्डले ५ वटा हाइड्रोपावर कम्पनीलाई आइपीओ बिक्रीका लागि अनुमति दिएको छ ।

बोर्डको अनुमति पाएसँगै एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ११ लाख ८० हजार कित्ता सेयर बिक्री गर्ने भएको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

यस्तै, सुपरमाई हाइड्रोपावरले स्थानीय र सर्वसाधारणलाई गरी कुल १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । उक्त आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यता, सुपर मादी हाइड्रोपावरलाई ३१ लाख ५० हजार कित्ता र माया खोला हाइड्रोपावरलाई ३४ लाख कित्ता आइपीओ बिक्री गर्न बोर्डले अनुमति दिएको छ । दुवै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई उक्त सेयर बिक्री गर्न लागेका हुन् । सुपर मादीको आइपीओको बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल र माया खोलाको प्रभु क्यापिटलले गर्नेछ ।

यसैगरी, शुभम पावर लिमिटेडले ५ लाख ८० हजार ५८० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले भने सर्वसाधारणलाई उक्त सेयर बिक्री गर्नेछ । यसमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । ५ वटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ बिक्री गर्न अनुमति पाएका हुन् ।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह