आइतबार सेयर बजार झिनो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से २.१६ अंकले बढेर एक हजार ९६३.२२ विन्दुमा पुगेको छ ।
आज जलविद्युत् ३, माइक्रोफाइनान्स १६, अन्य १०, जीवन बीमा उपसमूह १८३, निर्जीवन बीमा ५७, होटल तथा पर्यटन ४४ र व्यापार उपसमूह १५ अंकले बढेको छ । यस्तै, बैंकिङ ९, उत्पादन १३, आज विकास बैंक १ र फाइनान्स उपसमूह ९ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तिय संस्थाको सेयर ९.९८ अंकले बढेको छ । समग्रमा बजार बढेपनि आज नेष्डो समृद्ध लघुवित्तको सेयर ६ अंकले घटेको छ ।
यस दिन २४३ कम्पनीको ३६ लाख कित्ता सेयर एक अर्ब ५६ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया