Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, २४ अंकले घट्यो नेप्से


GDP नेपाल
   १९ मंसिर २०७९, सोमबार


सोमबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २४.४६ अंकले घटेर एक हजार ९३८.७६ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् ३५, माइक्रोफाइनान्स ५८, अन्य २८, जीवन बीमा १३५, निर्जीवन बीमा ९१, होटल तथा पर्यटन ३५ र व्यापार २६, बैंकिङ ९, उत्पादन १२३, विकास बैंक ५३ र फाइनान्स उपसमूह ३६ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै अजोड इन्स्योरेन्सको सेयर ७ अंकले घटेको छ। समग्रमा बजार घटेपनि आज सयपत्रि हाइड्रोपावरको सेयर ३ अंकले बढेको छ ।

यस दिन २४० कम्पनीको ४१ लाख कित्ता सेयर एक अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १९ मंसिर २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह