आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ३१.९७ अंकले घटेर एक हजार ८८५.३१ विन्दुमा पुगेको छ ।
आज जलविद्युत् २६, माइक्रोफाइनान्स ५५, अन्य २१, जीवन बीमा ७८, निर्जीवन बीमा ९८, व्यापार २४, बैंकिङ ३०, उत्पादन ८२, विकास बैंक ४७, फाइनान्स उपसमूह २० र होटल तथा पर्यटन उपसमूह २७ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै नाडेप लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सिवाईसी नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ भने सम्मीट लघुवित्त वित्तिय संस्थाको सेयर ९.९९ र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर ९.५० प्रतिशतले बढेको छ ।
यस दिन २५३ कम्पनीको ३५ लाख कित्ता सेयर एक अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया