Logo

मुख्य समाचार

१६ अंकले बढ्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   २६ मंसिर २०७९, सोमबार


सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १६.९६ अंकले बढेर एक हजार ९०२.२७ विन्दुमा पुगेको छ ।

आज बैंकिङ बाहेक अन्य सबै उपसमूहमा हरियाली छाएको छ । जलविद्युत् ३०, माइक्रोफाइनान्स ३१, अन्य ८७, जीवन बीमा ७०, निर्जीवन बीमा ३०, व्यापार ३, उत्पादन ८७, विकास बैंक ६३, फाइनान्स २७ र होटल तथा पर्यटन उपसमूह २८ अंकले बढेको छ । यस्तै, बैंकिङ उपसमूह भने ७ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै सम्मीट लघुवित्त वित्तिय संस्था र सीवाईसी लघुवित्त वित्तिय संस्थाको सयेर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि ग्लोबल आइएमई ब्यालेन्स फन्ड १ को सेयर९.९३ प्रतिशतले घटेको छ ।

यस दिन २४५ कम्पनीको ४४ लाख कित्ता सेयर एक अर्ब ३६ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २६ मंसिर २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह