बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १४.४८ अंकले घटेर एक हजार ८८२.६० विन्दुमा पुगेको छ ।
आज सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ ५, विकास बैंक २५, जीवन बीमा १०२, माइक्रोफाइनान्स ३६, निर्जीवन बीमा ३८, अन्य १७, व्यापार ५, उत्पादन ६४, फाइनान्स २३, होटल तथा पर्यटन २०, जलविद्युत् २१ र लगानी ०.४५ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज रुरु जलविद्युत परियोजना र इस्टर्न हाइड्रोपावरको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।
यस दिन २५४ कम्पनीको ४८ लाख कित्ता सेयर एक अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया