Logo

मुख्य समाचार

झण्डै ६ अंकले घट्यो सेयर बजार, ८६ करोडको कारोबार


GDP नेपाल
   ६ पुस २०७९, बुधबार


बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ५.८९ अंकले घटेर एक हजार ८६७.२२ विन्दुमा पुगेको छ ।

आज बैंकिङ बाहेक सबै उपसमूह राताम्मे भएका छन् । विकास बैंक १७, जीवन बीमा ३७, माइक्रोफाइनान्स १३, निर्जीवन बीमा २०, अन्य २०, व्यापार १५, उत्पादन ३३, फाइनान्स २२, होटल तथा पर्यटन ८, जलविद्युत् १४ र लगानी ०.२९ अंकले घटेको छ । यस्तै, आज बैंकिङ उपसमूह ३ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै पन्चकन्या माई हाइड्रोपावरको सेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज आँधिखोला लघुवित्त र सिर्जनशील लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । त्यस्तै, इस्टर्न हाइड्रोपावरको ९.८ तथा घलेम्दी हाइड्रोको सेयर ९ प्रतिशतले बढ्यो ।

यस दिन २५२ कम्पनीको २४ लाख कित्ता सेयर ८६ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ६ पुस २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह