बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ११.८१ अंकले घटेर एक हजार ९७२.१५ विन्दुमा पुगेको छ ।
आज सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ १३, विकास बैंक ३३, होटल तथा पर्यटन ६२, उत्पादन १५, माइक्रोफाइनान्स ४६, अन्य ५ र व्यापार उपसमूह १५ अंकले घटेको छ । यस्तै, फाइनान्स ३, जलविद्युत् १५, जीवन बीमा ५ र निर्जीवन बीमा ९ अंकले बढेको छ ।
आज माहुली लघुवित्त वित्तिय संस्थाको सेयर सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सेन्ट्रल फाइनान्स, प्रभु लाईफ इन्स्योरेन्स र धौलागिरी लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, खप्तड लघुवित्त वित्तिय संस्था, सृजनशिल लघुवित्त वित्तिय संस्था र विन नेपाल लघुवित्त वित्तिय संस्थाको सेयर पनि झण्डै १० प्रतिशतले बढेको छ ।
यस दिन २५७ कम्पनीको ६५ लाख कित्ता सेयर दुई अर्ब १५ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया