Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार, २ अर्ब ९६ करोडको कारोबार


GDP नेपाल
   १८ पुस २०७९, सोमबार


सोमबार सेयर बजारमा दोहोरो अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से १७.५६ अंकले बढेर दुई हजार ०६३.८३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ १३, विकास बैंक ६२, फाइनान्स २१, होटल तथा पर्यटन ८१, जलविद्युत् ३४, जीवन बीमा ५४, माइक्रोफाइनान्स ४८, निर्जीवन बीमा २५८ र ब्यापार ६८ अंकले बढेको छ । त्यस्तै, उत्पादन ३७ र अन्य उपसमूह भने २३ अंकले घटेको छ।

आज धौलागिरि लघुवित्त, सृजनशील लघुवित्त, खप्तड लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज एनएमबी ५० म्युचल फन्डको सेयर सबैभन्दा धेरै झण्डै पाँच प्रतिशतले घटेको छ ।

यसदिन २५३ कम्पनीको ८२ लाख कित्ता सेयर दुई अर्ब ९६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको १६ करोड ८४ लाख र हिमालयन डिस्टिलरीको १६ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १८ पुस २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह