Logo

मुख्य समाचार

सेयर बजारमा ६० अंकको पहिरो, तीन अर्बको कारोबार


GDP नेपाल
   २९ माघ २०७९, आइतबार


आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ६०.७७ अंकले घटेर दुई हजार १२१.८६ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् ११०, निर्जीवन बीमा २३८, ब्यापार ४०, फाइनान्स ८४, उत्पादन २२०, विकास बैंक १४१, बैंकिङ २७, होटल तथा पर्यटन ९०, माइक्रोफाइनान्स १०२, जीवन बीमा उपसमूह ३५७ र अन्य उपसमूह ३७ अंकले घटेको छ ।

आज ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रोपावर, ग्रिन लाईफ हाइड्रोपावर, बरुन हाइड्रोपावर र राधि विद्युतको सेयर ६ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आज खप्तड लघुवित्तको सेयर भने झण्डै साढे चार प्रतिशतले बढेको छ ।

यसदिन २५३ कम्पनीका ८१ लाख कित्ता सेयर तीन अर्ब ४ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २९ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह