Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, १ अर्ब ७३ करोडको कारोबार


GDP नेपाल
   ३ फाल्गुन २०७९, बुधबार


बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १३.९० अंकले घटेर दुई हजार ९१.५६ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् २४, निर्जीवन बीमा ७२, ब्यापार ९, फाइनान्स १६, विकास बैंक २०, बैंकिङ ६, होटल तथा पर्यटन ४०, माइक्रोफाइनान्स ३०, जीवन बीमा उपसमूह ११६ र अन्य उपसमूह १५ अंकले घटेको छ । यस्तै, उत्पादन उपसमूह ४८ अंकले बढेको छ ।

आज गरमा डिबेन्चर २०८५ को सेयर झण्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज युनिलिभर नेपालको सेयर सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ ।

यसदिन २५६ कम्पनीका ४८ लाख १५ हजार कित्ता सेयर १ अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ३ फाल्गुन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह