Logo

मुख्य समाचार

सेयर बजारमा २४ अंकको पहिरो, एक अर्ब २८ करोडको कारोबार


GDP नेपाल
   १७ फाल्गुन २०७९, बुधबार


बुधबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २४.४४ अंकले घटेर एक हजार ९९५.४९ विन्दुमा पुगेको छ ।

बैंकिङ ७, विकास बैंक ५१, फाइनान्स १०, होटल तथा पर्यटन ४७, जलविद्युत् ३४, जीवन बीमा १५६, उत्पादन १११, निर्जीवन बीमा ९७, अन्य १९, माइक्रोफाइनान्स १०४ र ब्यापार उपसमूह २७ अंकले घटेको छ ।

राष्ट्र बोट्लर्स् नेपालको सेयर साढे ९ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आज आदर्श लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २५७ कम्पनीका ३७ लाख २९ हजार कित्ता सेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १७ फाल्गुन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह