नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा एल.पि.ग्याँस उद्योग संघले पूर्व अध्यक्ष एवं सल्लाहकार शिव प्रसाद घिमिरेलाई पठाउने निर्णय गरेको छ ।
बुधबार बसेको संघको कार्य समिति बैठकले सर्वसम्मत निर्णय गरी घिमिरेलाई वस्तुगत तर्फको केन्द्रीय सदस्य पदमा उम्मेद्वार उठाउने निर्णय गरेको हो । विगत लामो समयदेखि पेट्रोलियम, एल.पि.ग्याँस, उर्जा लगायत विभिन्न व्यवसायमा संलग्न रहेका घिमिरेलाई व्यवसायीक ज्ञान भएको हुँदा उम्मेद्वार उठाइएको संघले जनाएको छ ।
यस्तै संघले घिमिरेलाई अत्याधिक मतले विजय गराउन सम्पूर्ण उद्योगी, व्यवसायी तथा वस्तुगत संघका अध्यक्षलाई आग्रह समेत गरेको छ ।
प्रतिक्रिया