Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख १० हजार रुपैयाँ


GDP नेपाल
   ५ चैत्र २०७९, आइतबार


आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि माघ १९ गते सुनको मूल्य १ लाख ७ हजार ५०० रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह