सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा गोलाप्रथामार्फत भएको बाँडफाँडमा ४ लाख २४ हजार ८८५ जनाले १० कित्ताको दरले र ८ जनाले ११ कित्ताको दरले सेयर पाएका छन् ।
आइपीओमा कुल १३ लाख ५६ हजार ३ सय ४१ जनाबाट १ करोड ५० लाख ८८ हजार ८ सय ८० कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये ७ हजार ९ सय ९९ जनाको आवेदन रद्द भएको थियो ।
आइपीओ नतिजा बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो सेयरको वेबसाइट, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइटबाट हेर्न सकिनेछ ।
प्रतिक्रिया