Logo

कर्पोरेट-बजार

ठूलो दुर्घटनाबाट जाेगियो नेपाल एयरलाइन्स र एयर इण्डियाको विमान, कर्मचारी निलम्बित


GDP नेपाल
   १२ चैत्र २०७९, आइतबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका कर्मचारी कारवाहीमा परेका छन् ।

शुक्रबार नेपाल एयरलाइन्स र एयर इण्डियाको विमान ठूलो दुर्घटनाबाट जोगिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका तीन जना एटीसीलाई कारबाही गरेको हो ।

शुक्रबार भारतबाट काठमाडौं आइरहेको एयर इन्डियाको विमान एक्कासी १५ हजार फिट तल झर्दा क्वाललम्पुरबाट काठमाडौंतर्फ आइरहेको नेपाल एयरलाइन्सको विमानसँग दूर्घटनाग्रस्त हुने अवस्था सिर्जना भएको थियो ।

एयर इण्डियाको विमानलाई एक्कासी १५ फिट तल झर्न दिएपछि विमानस्थलका कर्मचारी कारवाहीमा परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यस घटनाबारे छानबीन समिति गठन गरिएको छ । उक्त समितिले छानबिन प्रतिवेदन नबुझाएसम्म ती कर्मचारी निलम्बनमा रहने बताइएको छ ।

प्रकाशित : १२ चैत्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह