Logo

कर्पोरेट-बजार

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन


GDP नेपाल
   ३० चैत्र २०७९, बिहिबार


नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

निर्वाचनको दोस्रो चरणमा पुगेका अर्का उम्मेद्वार उमेशलाल श्रेष्ठले समर्थन जनाएपछि वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ चयन भएका हुन् ।

बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिष्पर्धीमध्ये रामचन्द्र संघई बाहिरिएका थिए । यस्तै, पहिलो चरणमा उम्मेद्वार कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि अपराह्न २ बजेका लागि दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो । तर, दोस्रो चरणको निर्वाचन नहुँदै दुई समूहबीच सहमति भएपछि वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।

प्रकाशित : ३० चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह