Logo

सेयर बजार

सामान्य अंकले घट्यो नेप्से, ५८ करोडको कारोबार


GDP नेपाल
   २७ बैशाख २०८०, बुधबार


बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २.४३ अंकले घटेर एक हजार ८४१.९३ विन्दुमा पुगेको छ । 

बैंकिङ २, विकास बैंक ८, होटल तथा पर्यटन १४, जीवन बीमा ९, अन्य १० र व्यापार उपसमूह ४ अंकले घटेको छ । यस्तै, फाइनान्स ३, जलविद्युत् २, उत्पादन २६, माइक्रोफाइनान्स ०.९३ र निर्जीवन बीमा ३० अंकले बढेको छ ।

आज सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोपावरको सेयर ५.४७ प्रतिशतले घटेको छ । समग्रमा बजार बढे पनि हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर ८ प्रतिशतले बढेको छ ।

यस दिन २६५ कम्पनीको १९ लाख ४२ हजार कित्ता सेयर ५८ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २७ बैशाख २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह