Logo

सेयर बजार

दोहोरो अंकले घटेको सेयर बजारमा ९० करोडको कारोबार


GDP नेपाल
   ३१ बैशाख २०८०, आइतबार


आइतबार सेयर बजार दाहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १६.९६ अंकले घटेर एक हजार ८२१.६४ विन्दुमा पुगेको छ । 

बैंकिङ ८, विकास बैंक ३८, फाइनान्स १९, होटल तथा पर्यटन २७, जलविद्युत् ५०, जीवन बीमा ४०, उत्पादन ६९, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा ४०, अन्य २७ र व्यापार उपसमूह ११ अंक घटे ।

आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्तको सेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २६३ कम्पनीको २७ लाख ८८ हजार कित्ता सेयर ९० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको पाँच करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ३१ बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह