Logo

मुख्य समाचार

सेयर बजारमा ५३ अंकको पहिरो


GDP नेपाल
   १६ जेष्ठ २०८०, मंगलबार


मंगलबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ५३.१६ अंकले घटेर एक हजार ८८८.६१ विन्दुमा पुगेको छ । 

बैंकिङ ३०, विकास बैंक ८०, फाइनान्स ४४, होटल तथा पर्यटन ९७, जलविद्युत् ६५, जीवन बीमा ३४६, उत्पादन ७७, माइक्रोफाइनान्स १२२, निर्जीवन बीमा २९१, अन्य ४५ र ब्यापार उपसमूह ६५ अंक घटेको छ ।

आज सबैभन्दा धेरै श्वेतगङ्गा हाइड्रोको सेयर झन्डै साढे नौ प्रतिशत र सामुदायिक लघुवित्तको सेयर साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज आत्मनिर्भर लघुवित्त र बीपीडब्ल्यू लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २७५ कम्पनीको ७० लाख ७४ हजार कित्ता सेयर दुई अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २१ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १६ जेष्ठ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह