Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, ३८ अंकले घट्यो नेप्से


GDP नेपाल
   १७ जेष्ठ २०८०, बुधबार


बुधबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ३८.८३ अंकले घटेर एक हजार ८४९.७९ विन्दुमा पुगेको छ । 

बैंकिङ १८, विकास बैंक ७०, फाइनान्स ३४, होटल तथा पर्यटन १२५, जलविद्युत् ६१, जीवन बीमा २२८, उत्पादन १७२, माइक्रोफाइनान्स ६३, निर्जीवन बीमा २२२, अन्य २० र ब्यापार उपसमूह ३५ अंकले घटेको छ ।

आज युनिलिभर नेपालको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २६२ कम्पनीका ८७ लाख ३६ हजार कित्ता सेयर दुई अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंकको ३४ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १७ जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह