काठमाडौं । शिवशक्ति ग्रुप अन्तर्गतको बालाजी सिमेन्टले उत्पादन गर्ने बाहुबली र सृष्टि ब्रान्डका पीपीसी सिमेन्ट भारत निर्यात सुरु भएको छ ।
पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्ला स्थित क्लासिक ईन्टरप्राईजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट निर्यात भएको छ । दुई ट्रकमा प्रति ट्रक २१ टनका दरले सिमेन्ट भारत तर्फ निर्यात शुरु गरिएको हो ।
बालाजी सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि.वाट उत्पादित बहुवलि र श्रृष्टि ब्राण्डका पिपिसि सिमेन्टलाई भारत सरकार गुणस्तर विभागद्धारा ब्युरो अफ ईण्डियन स्ट्याण्डर्स (बिआईएस) प्रदान गरे सँगै भारत निर्यात शुरु गरिएको हो ।
कपिलवस्तुको कृष्णनगर नाका हुदै सिमेन्ट निर्यात भएको कम्पनीले जनाएको छ । कपिलवस्तु जिल्लावाट सिमेन्ट भारत निर्यात पहिलो पटक भएको हो । निर्यात परिमाण वढाउदै जाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको जनाइएको छ ।
भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाईने व्यवस्था रहेको छ भने नेपालवाट पनि एनएस चिन्ह नभएका सिमेन्ट निर्यात गर्न पाईदैन । कम्पनीले यसै महिना आईएसआई चिन्ह पाएपछि सिमेन्ट निर्यात शुरु गरेको जनाएको छ ।
सरकारले ५० करोड भन्दा वढिको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने नीतिले सिमेन्ट उद्योगीहरुलाई धेरै राहत भएको कम्पनीको भनाइ छ ।
सिमेन्ट निर्यातपछि उद्योगका संस्थापक सन्दीप कुमार गाडिया भन्छन्, “अहिलेको असहज एवं आर्थिक मन्दीको अवस्थामा भारततर्फ सिमेन्ट निर्यात गर्ने कार्य गरी मुलुकको औद्योगिक तथा निर्यात क्षेत्रलाइै योगदान दिन पाउँदा गौरब महशुस गरेका छौं ।”
सञ्चालक गाडियाका अनुसार सिमेन्ट उद्योग स्थापनाको लक्ष्य नै भारत निर्यात गर्ने सोच सहितको थियो र उक्त सोच आज पूरा भएको छ ।
सरकारले वस्तु नै तोकेर निर्यातमा अनुदानको घोषणाले नै निर्यात सहज भएको उल्लेख गर्दैैै उनी भन्छन्, “हामी चाहन्छौं कि राज्यले अझै उद्योगमैत्री, निर्यातमैत्री नीतिहरु ल्याउनु जरुरी रहेको छ ।”
बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ सय टन रहेको छ । उद्योगले बाहुबली र श्रृष्टि ब्राण्डका ओपिसि ४३ ग्रेड र पिपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ ।
दुवै ब्राण्डका सिमेन्टलाई नेपाल गुणस्तर विभागले एनएस र भारत सरकार गुणस्तर विभागले ब्युरो अफ ईण्डियन स्ट्याण्डर्स (बिआईएस) प्रदान गरेको छ ।
बालाजी सिमेन्ट ईण्डष्ट्रिज २०७७ सालमा स्थापना भएको हो उद्योगमा जर्मनको लोच्से कम्पनिको भिआरएम प्रबिधी जडान छ । जर्मनको यो प्रविधी सिमेन्ट उद्योगहरुका लागी विश्व कै उच्चस्तरिय कम्पनि हो । बालाजी सिमेन्टको वजार नेपालको पश्चिम, सुदुरपश्चिम र कर्णाली प्रदेशमा अत्याधिक रहेको कम्पनीका प्रवन्ध निर्देशक ऋषिकेश अग्रवाल बताउँछन् ।
प्रतिक्रिया