Logo

मुख्य समाचार

डा. सन्दुक रुइतले पाएको इसा अवार्डको सवा ३ करोड बराबर कर छुट दिने सरकारको निर्णय


GDP Nepal
   ५ असार २०८०, मंगलबार


काठमाडौं । नेपालमा ख्यातीप्राप्त नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्राप्त गरेको इसा अवार्डको कर छुट दिने निर्णय सरकारले गरेको छ ।

रुइतले गत फागुन दोस्रो साता बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उक्त पुरस्कार प्राप्त गरेका थिए ।

सरकारले आर्थिक ऐन २०७९ को दफा १८ (१) ले दिएको अधिकार प्रयोग गरी कर छुटको निर्णय गरेको हो । जसअनुसार रुइतले प्राप्त गरेको पुरस्कारवापत बुझाउनुपर्ने सम्पूर्ण कर मिनाहा गरिएको सूचना राजपत्रमा प्रकाशित गरिएको छ ।

डा. रुइतले स्वर्ण पदकसहित १० लाख अमेरिकी डलर अर्थात १३ करोड नेपाली रुपैयाँ भन्दा बढीको पुरस्कार प्राप्त गरेका थिए । उनले यसवापत २५ प्रतिशत रकम आकस्मिक लाभकरका रुपमा सरकारलाई बुझाउनुपर्ने थियो ।

जसअनुसार रुइतले सवा ३ करोड रुपैयाँ छुट पाएका छन् ।

डा. रुइतले मोतियाविन्दु उपचार गर्ने सरल विधि विकास गरेका थिए। उनले प्रतिष्ठानमा अन्धोपन हटाउनका लागि आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आएका छन्।

डा. रुइतले यसअघि सन् २००६ मा फिलिपिन्सको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा भो पद्यश्री अवार्ड पाएका छन् ।

प्रकाशित : ५ असार २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह